पोखरामा पहिलो पटक लक्ष्य निर्धारण कार्यशाला

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३, २०७४
DSC00231

पोखरा, ३ चैत । पोखरामा पहिलो पटक शनिवार लक्ष्य निर्धारण सम्वन्धी कार्यशाला गरिएको छ ।

मोटिभेसनल स्पिकर रवी किरणले वी क्यान ग्रुपको सहयोगमा पोखरामा सो कार्यक्रम गरेका हुन्। कार्यशालामा ५० जना युवा÷विद्यार्थी सहभागि थिए ।

सफल व्यत्ति उत्पादनका लागि पोखरामा कार्यशाला गरिएको हो। कार्यशालामा मोटिभेसनल स्पिकर रवी किरणले सफल व्यत्ति बन्नका लागि लक्ष्य निर्धारण महत्वपूर्ण हुनेमा जोड दिदै सफल व्यक्ति बन्नका लागि ध्यान दिनुपर्ने विषयमा सहजीकरण गरेका थिए।

कार्यशाला रेण्डम रिडर्स सोसाईटी कास्कीका पूर्वअध्यक्ष उपेन्द्र पौडेलले उद्घाटन गरेका थिए।

त्यसअवसरमा इ – प्लानेटकी अर्चना शर्मा, ग्लोबल आईटी एजुकेशनका विकास भुर्तेल, एभरेष्ट इन्ष्ट्रिच्युट अफ होटल मेनेजम्याण्टका मुकेश गुरुङ, सल्लाहाकार नारायण शर्माले बोलेका थिए।

वी क्यान ग्रुपका सचिव पदम गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव सामना बरालले संचालन गरेकी थिइन्।

पोखरामा यो कार्यशालालाई निरन्तरता दिइने मोटिभेसनल स्पिकर रवी किरणले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives