पोखरामा बम बिष्फोट, पत्रकार पाण्डे र प्रहरी घाइते

राष्ट्र न्यूज सम्वाददाता
फागुन ८, २०७४
28311912_1630509627031388_444397808_o

पोखरा, ८ फागुन । पोखरामा केहिबेर अघि बम बिफोष्ट भएको छ।

पोखरा लेखनाथ महानगरपालिकाको बिजयपूरमा बम बिष्फोट भएको हो।

बिष्फोटमा परी पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन्। घाइतेहरुलाई उपचारार्थ गण्डकी मेडिकल कलेज लगिएको छ।

पाण्डेको दाहिनेपट्टि टाउँको र घाँटीमा चोट लागेको छ । बम डिस्पोज गर्न ढिलाई भएका कारण बिष्फोट भएको बताइएको छ।

शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डे बिफोष्टमा परेका हुन्। पाण्डे पोखरामा गण्डकी मिडिया हाउससँग आवद्व छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives