पोखरामा महिला मञ्च – २०७४ को तयारी

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३, २०७४
DSC00209

पोखरा, ३ चैत । महिला मानव अधिकार रक्षक संजाल कास्कीले पोखरामा प्रदेश नम्बर ४ स्तरीय महिला मञ्च – २०७४ गर्ने भएको छ ।

‘प्रदेश विकासको आधार, महिला पुर्ननिर्माण र सुरक्षित रोजगार’ भन्ने मूल नाराका साथ चैत्र ५, ६ र ७ गते कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कार्यक्रमको तयारी तिव्र पारिएको छ।

कार्यक्रममा जनप्रतिनिधि महिला, निर्वाचनमा पराजित महिला उम्मेदवार र महिला अधिकारकर्मी गरी तीन सय जनाको सहभागिता रहने कार्यक्रम संयोजक सरलाकुमारी पाण्डेलले जानकारी दिईन् ।

कार्यक्रममा हानिकारक परम्परागत अभ्यासहरु, पुर्ननिर्माण र सुरक्षित रोजगार, महिलाको उत्पादन, पहुँच र नियन्त्रण वर्तमान स्थिति, न्यायमा महिलाको पँहुच, समस्या, चुनौती र समाधानका उपायहरु लगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, राजनीतिमा संलग्न महिलाहरुको अनुभव आदानप्रदान पनि गरिने छ । कार्यक्रमकै सिलसिलामा बोक्सि विरुद्वको अभियान स्वरुप निर्माण गरिएको चलचित्र अग्नीदहन पनि प्रदर्शन गरिने बताइएको छ। कार्यक्रमको अन्तिम दिन पोखरा घोषणा जारी गरिने छ।

कार्यक्रम सम्पन्न गर्नका लागि करिब १० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ। कार्यक्रमका लागि स्थानीयस्तरबाट पनि स्रोत जुटाइरहेका छौं कार्यक्रम संयोजक पाण्डेले भनिन् – ‘सवैबाट सहयोगको अपेक्षा गरेका छौं।’

सात वटै प्रदेशमा गरिने सो कार्यक्रम यसअघि प्रदेश नम्बर १, २, ३ र ५ मा सम्पन्न भैसकेको छ।

कार्यक्रमको संचालन क्रियाशील पत्रकार महिला समूह कास्कीकी अध्यक्ष सरीता तिमिल्सिनाले गरेकी थिईन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives