पोखरा, ७ असार । बिहीवार २१ जुन, चौथो अन्तर्राष्ट्रिय योग दिवस । यस दिवसको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गरियो ।
पतञ्जली योग समिति, प्रदेश ४ समितिले त्रिदिवसीय कार्यक्रम अन्तगर्त दिवसका अवसरमा योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रम ग¥यो ।
सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले योग मानव स्वास्थ्यका लागि अत्यन्त आवश्यक रहेको बताए । उनले व्यस्त दैनिकीका बीच पनि आफ्नो स्वास्थ्यका लागि समय छुट्याउन आवश्यक रहेको बताउँदै स्वस्थ जनशक्तिले मात्र मुलुक समृद्धि हुने बताए ।
प्रदेश समितिका अध्यक्ष दिपकराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कास्की समितिका अध्यक्ष परमेश्वर दाहालले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव विश्वमणि तिवारीले गरेका थिए ।
संयुक्त राष्ट्र संघले सन् २०१४ मा विश्वभर जुन २१ तारिखमा दिवस मनाउने निर्णयपछि विभिन्न कार्यक्रम गर्दै दिवस मनाउँदै आएको छ । मंगलबार पत्रकार सम्मेलन तथा बुधबार प्रभातफेरि आयोजना गरिएको थियो । योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले कार्यक्रममा उत्साहजनक सहभागिता रहेको जानकारी दिईन् ।
Related News
सम्बन्धित समाचार
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
सोंथर बेँसी मेलाको तयारी तिव्र
Archives
Archives