पोखरामा स्पोर्टस मेडिसिन

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २५, २०७४
DSC00414

पोखरा, २५ चैत । कास्की वडी विल्डिङ एण्ड फिट्नेश एशोसियशनले पोखरामा स्पोर्टस मेडिसिन कार्यक्रम गरेको छ ।

खेलाडीले आफ्नो स्वास्थ्यका लागि अपनाउनुपर्ने सावधानी बारे जानकारी दिन सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ५५ जनाको सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका शारीरिक सुगठन प्रशिक्षक जीवन घिमिरेले खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहजीकरण गर्दै क्लिनिकल फार्मेसिष्ट विजय काफ्लेले खेल जीवन शुरु गरेपछि र खेल जीवन पछि पनि स्पोर्टस मेडिसिन जरुरी भएको उल्लेख गरे ।

कास्की वडी विल्डिङ एण्ड फिट्नेश एशोसियशनका अध्यक्ष राजुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडी प्रकाश पौडेलले स्वागत र सचिव दिपक बास्तोलाले संचालन गरेका थिए ।

केहि समय पहिले गठन गरिएको एशोसियशनले पहिलो पटक स्पोर्टस मेडिसिन कार्यक्रम गरेको हो ।

–––

Related News

सम्बन्धित समाचार

Archives

Archives