पोखरा महानगरपालिकामा आन्दोलन जारी

राष्ट्र न्यूज सम्वाददाता
असार १३, २०७६
Andolan – Copy

पोखरा, १३ असार । पोखरा महानगरपालिकाले बजेट विनियोजनमा विभेद गरेको भन्दै काँग्रेसबाट निर्वाचित वडाध्यक्षले गरेको आन्दोलन जारी रहेको छ ।

विभेदको बिरोधमा काँग्रेसतर्फका वडाध्यक्षले बिहीबार दिनभर महानगर गेट बाहिर धर्ना र नाराबाजी गरेका थिए । आजपनि आन्दोलनलाई निरन्तरता दिइदै छ ।

आन्दोलन रहर नभएर बाध्यता हो, यसबाट नगरबासिलाई पर्न जाने असुविधाप्रति क्षमा माग्छौ, विज्ञप्तिमा भनिएको छ – ‘जबसम्म बजेटमा गरिरएको विभेद सुधार गरिदैन तबसम्म आन्दोलन जारी रहने छ ।’

पोखराबासिले तिरेको करलाई मनोमानी र विभेद गरी विनियोजन गरिएको सचेतक रामराज लामिछानेको भनाइ छ ।

उनले केहीमा अत्यधिक र केहीमा अन्त्यन्त न्यून बजेट विनियोजन गरिएका कारण आन्दोलनमा उत्रनु परेको स्पष्ट पारे ।

उनले विशेष गरी काँग्रेस निर्वाचित वडाहरुलाई छानिछानि विभेद गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives