पोखरा वडा कार्यालय ९ को पाश्र्वचित्र सार्वजनिक

राष्ट्र न्यूज सम्वाददाता
असार २६, २०७७
Ward 9

पोखरा, २६ असार । पोखरा महानगरपालिका वडा नं ९ कार्यालयले प्रकाशित गरेको पाश्र्वचित्र दशौं अङ्क शुक्रबार विमोचन गरिएको छ ।

वडाध्यक्ष रामराज लामिछाने, सदस्य राममाया मानन्धर, गीता चम्रकार र पोखरा बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र लालचनले संयुक्त रुपमा सो पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा वडाध्यक्ष लामिछानेले सुधार गर्दै आगामि दिनमा पनि पुस्तक प्रकाशित गर्ने बताए ।

उनले पुस्तकले वडाको सम्पूर्ण जानकारी दिनुको साथै वडाका गतिविधि पारदर्शी गर्न सहयोग पु¥याएको बताए ।

पुस्तकको सम्पादकमा विषयविज्ञ महेन्द्रप्रसाद लामिछाने छन् । पुस्तकमा वडा कार्यालयले गरेका काम, गतिविधि, प्रगति विवरण र वडाभित्रका सम्पूर्ण सूचनाहरु समावेश गरिएको छ ।

वडाभित्रको विकास र योजना निर्माणमा समेत पुस्तक सहयोगी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा वडा सचिव लोकदर्शन कोइराला र विषयविज्ञ महेन्द्र अधिकारीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives