पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलनमा, शुरु गरे असहयोग आन्दोलन

राष्ट्र न्यूज सम्वाददाता
असाेज १२, २०७५
42678901_2318095194885985_5490038570267705344_n

पोखरा, १२ असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।

स्थायीलाई स्तरबृद्वि र करारलाई स्थायी गर्न माग गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण भएपछि तत्कालिन अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी युनियनको नेतृत्वमा असहयोग आन्दोलन चलाइएको छ । असहयोग आन्दोलन अन्तर्गत कर्मचारीहरु अस्पताल जाने तर काममा नखटिने गरेका छन्। अस्पताल परिषरको लायन्स पार्कमा उनी बिहीबारदेखि सामुहिक धर्नामा सहभागि छन् ।

करिब एक सय कर्मचारीको स्तरबृद्वि र दुई सय हाराहारीमा रहेका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने युनियनको माग छ ।
करिव एक दशकअघि स्थायी भएका कर्मचारीको स्तरबृद्वि नभएको र १५÷१६ वर्षअघिदेखि कार्यरत कर्मचारी समेत करारमा रहेको बताइएको छ ।

कर्मचारी युनियनका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले प्रतिष्ठानले पटक÷पटक वार्ता गरी आन्दोलन तुहाएको भन्दै यसपटक निर्णायक आन्दोलनमा उत्रने बताएका छन् ।

झण्डै दुई महिना पहिले प्रतिष्ठानसँग भएको वार्तामा एक हप्ताभित्र तत्कालित अस्पताल विकास समितिका कर्मचारीलाई प्रतिष्ठानमा समायोजन गरी नियुक्ति पत्र प्रदान गर्ने र स्थायी प्रक्रिया अघि बढाउने सहमति भएपनि सहमति अनुसार काम नभएको युनियनको आरोप छ ।

यसपटकको आन्दोलन माग पूरा नभएसम्म रोकिदैन युनियनका अध्यक्ष डा. श्रेष्ठले भने – ‘यसपटक आश्वासन होइन, परिणाम चाहिन्छ।’

युनियनले पहिलो चरणमा असहयोग आन्दोलन शुरु गरेपनि छिट्टै नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।
यसैबीच, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशले शुक्रबार विज्ञप्ति प्रकाशित गरी आन्दोलनप्रति ऐक्यवद्वता जनाएको छ ।
गण्डकी प्रदेश सभापति नारायण बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा न्यायका लागि लडिरहेका कर्मचारीहरुको जायज माग पूरा गर्न माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives