पोखरा – १४ मा ज्येष्ठ नागरिकका लागि शिविर

राष्ट्र न्यूज सम्वाददाता
जेठ ३०, २०७५
35198178_242637996509290_3717846166705012736_n

पोखरा, ३० जेठ । पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ मा आयोजित शिविरमा दुई सय ९० जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।

शिविरमा स्वास्थ्यकर्मी सरिता थापा र रक्षा पोख्रेल सहितको नौ जनाको स्वास्थकर्मीको टोलीले उपचार सेवा प्रदान गरेको थियो ।

शिविर उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले ज्येष्ठ नागरिकको अनुभवलाई समाजले उपयोग गर्नुपर्नेमा जोड दिए ।

पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले नगरबासिको आवश्यक हेरी स्वास्थ्य सेवा प्रदान गरिएको उल्लेख गरे ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका शहरी स्वास्थ्य केन्द्र वडा नं १४ व्यवस्थापन समितिका उपाध्यक्ष बोधबहादुर कार्कीले ज्येष्ठ नागरिकलाई सवैले सम्मान गर्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives