पोखरा – २ मा पोते तथा क्रिष्टलका गरगहना बनाउने तालिम

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १२, २०७४
DSC00317

पोखरा, १२ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ कार्यालयले आयोजना गरेको एक हप्ते पोते तथा क्रिष्टलका गरगहना बनाउने तालिम सोमबार सकिएको छ।

वडास्तरीय सामाजिक विकासको आर्थिक सहयोगमा आयोजित तालिममा २३ जना महिला सहभागि थिए । महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सो तालिम आयोजना गरिएको हो ।

तालिम समापनमा सहभागिलाई प्रमाणपत्र वितरणगर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं २ का वडाध्यक्ष रामेश्वर मल्लले महिलाहरुलाई सिप दिएर उद्यमशील बन्नका लागि सघाउने उल्लेख गरे । उनले महिलाका लागि आवश्यक तालिम आयोजना गर्न आफू सदैव तयार रहेको बताए ।

भैरवटोल मोहरिया टोल टोल विकास संस्थाका अध्यक्ष अष्टमान प्रधानाङ्गले तालिमलाई उपलब्धीमूलक बनाउदै आत्मनिर्भर बन्न आग्रह गरे ।

त्यसअवसरमा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, प्रशिक्षक गिता पराजुली, नारायणी सुवेदी, सहभागिको तर्फबाट सविना गुभाजु शाक्यले बोलेका थिए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २ की महिला सदस्य गोमा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य प्रमोद पराजुलीले स्वागत र वडा सचिव यमबहादुर पौडेल क्षेत्रीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives