प्याब्सन कास्कीद्वारा विपद् कोषलाई पाँच लाख सहयोग

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २१, २०७६
Pabson

पोखरा, २० चैत । प्याब्सन कास्कीले पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गरेको छ ।

प्याब्सनले कोषका लागि पाँच लाख रुपैया आर्थिक सहयोग गरेको हो ।

प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीको नेतृत्वमा गएको टोलीले महानगर प्रमुख मानबहादुर जिसीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

लकडाउनपछि गरीब तथा विपन्न वर्ग नराम्ररी प्रभावित बनेकाले उनीहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको प्याब्सन कास्की अध्यक्ष शर्माको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives