प्रजातन्त्र सेनानी गुरुङको निधन

राष्ट्र न्यूज सम्वाददाता
असाेज १८, २०७७
grg

पोखरा, १८ असोज । कास्की जिल्ला मादी गाउँपालिका वडा नं २ ताङतिङ निवासी प्रजातन्त्र सेनानी धुली गुरुङको निधन भएको छ ।

८१ वर्ष को उमेरमा शनिवार पोखरा १३ वीपी मार्गस्थित निवासमा निधन भएको हो । उनको आइतबार पोखरा तुल्सीघाटमा अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको चार तारे झण्डा ओढाएका थिए । उनका छोरामध्य भोजबहादुर गुरुङ नेपाली काँग्रेस मादी गाउँपालिकाका सचिव हुन् ।

उनको निवासबाट तुल्सीघाटसम्म गरिएको शवयात्रामा काँग्रेस नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त र परिवारजनको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives