प्रजातन्त्र सेनानी रेग्मीको निधन

राष्ट्र न्यूज सम्वाददाता
माघ ४, २०७५
50556255_1975008612618100_8878644269322076160_n

पोखरा, ४ माघ । कास्कीका अग्रज काँग्रेस नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको ७३ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

पोखरा विन्ध्यवासिनी घर भएका रेग्मीको राजधानी सामाखुशीस्थित बहिनीको घरमा अपरान्ह चार बजे निधन भएको हो । रेग्मी विगत १५ वर्षदेखि दम रोगबाट प्रभावित छन् ।

उनका दुई श्रीमती र ५ जना दिदीबहिनी छन् । उनको शुक्रबार राजधानी आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

०३० सालमा गण्डकी छात्र समितिबाट राजनीतिमा प्रवेश गरेका रेग्मी नेपाल तरुण दल कास्कीका संस्थापक हुन्।

तत्कालिन अवस्थामा उनी नेपाली काँग्रेस पोखरा नगर सभापति समेत भएर पार्टीका लागि काम गरेका थिए । काँग्रेसका संस्थापक वीपी कोइराला पोखरा आउँदा रेग्मी स्वागत समितिको संयोजक थिए ।

पञ्चायति व्यवस्था बिरुद्वको आन्दोलनमा सहभागि हुदाँ पटक÷पटक गरी उनी पाँच वर्षसम्म जेल बसेका थिए ।

पञ्चायति व्यवस्था विरुद्व उनी जनचेतना अभिवृद्वि गर्न सम्मति नामक पत्रिकाको सम्पादक भएर काम गरेका थिए ।

यसैबीच, कास्की काँग्रेसका सभापति कृष्ण केसीले बिहीबार नै शोक विज्ञप्ति प्रकाशित गरी रेग्मीको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives