प्रजातन्त्र सेनानी हिरामणी सुवेदीलाई नागरिक अभिनन्दन गरिने

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३, २०७५
hiramani

पोखरा, ३ चैत । पोखरा महानगरपालिका वडा नं २७ लेखनाथचोक निवासी प्रजातन्त्र सेनानी हिरामणि सुवेदीलाई नागरिक अभिनन्दन गरिने भएको छ ।

हिरामणि सुवेदी अभिनन्दन समितिले सुवेदीको ८४ औं पुजनोत्सवको अवसर पारेर वैशाख ५ गते अभिनन्दन गर्न लागेको हो ।

सोही अवसर पारेर सुवेदीको योगदान समेटिएको अभिनन्दन ग्रन्थ समेत प्रकाशित गरिदै छ । समितिले अभिनन्दनको तयारी शुरु गरेको जनाएको छ । अभिनन्दन ग्रन्थमा समावेश गरिने सामाग्रीहरुको संकलन भैरहेको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलन, समाजसेवा र साहित्य लेखनका माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै उनलाई नागरिक अभिनन्दन गर्नुको साथै अभिनन्दन ग्रथ प्रकाशित गर्न लागिएको समितिका सचिव महेश्वर पाण्डेले बताए ।

राजनीतितर्फ उनी नेपाली काँग्रेसका केन्द्रीय सल्लाहाकार, कास्की काँग्रेसको उपसभापति हुनुको साथै प्रजातान्त्रिक आन्दोलनका क्रममा ०१७, ०१९ र ०४६ सालमा गरी करिब दुई वर्ष काराबास बसेका थिए ।

समाजिक क्षेत्र तर्फ विद्यालय, खानेपानी, पुस्तकालयमा उनको संलग्नता छ । विभिन्न धार्मिक संघ संस्थामा समेत रहेर योगदान पु¥याएका सुवेदी नेपाल प्रजातन्त्र सेनानी सम्मानबाट सम्मानित भएका छन् ।

राष्ट्रिय परोपकार महासंघमा अक्षयकोष स्थापना गरी सम्मानित हुनुको साथै नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्वारा जिल्लाका ५६ शाखामध्ये उत्कृष्ट शाखा अध्यक्ष सम्मान – २०७४ बाट सम्मानित भएका छन् ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी लेखनाथ शाखाले उनलाई अभिनन्दन समेत गरेको थियो ।
उनले सम्झनाको सेरोफेरो र कर्तव्य बोध पुस्तक प्रकाशित गरेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives