प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका रेशम चौधरीले गरे आत्मसमर्पण

राष्ट्र न्यूज सम्वाददाता
फागुन १४, २०७४
Resham-Chaudhary-e1497666195783

कैलाली, १४ फागुन । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका रेशम चौधरीले आत्मसमर्पण गरेका छन् ।

२०७२ भदौ ७ गतेको टीकापुरको हिंसात्मक घटनाका फरार अभियुक्त चौधरीले सोमबार कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।

घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार थिए ।चौधरीले भने आफुमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

टिकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ अधिकृत र एक बालक सहित आठ जना मारिएका थिए ।

फरार अवस्थामा रहेका चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचन लडी कैलाली जिल्ला क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले भने उनलाई विजयी प्रमाणपत्र दिन अस्वीकार गरेपछि उनले प्रमाणपत्र पाएका छैनन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives