प्रहरीले नै लगाए आफ्नै कार्यालयमा आगो

राष्ट्र न्यूज सम्वाददाता
पौष ११, २०७४
Fire

केपी ढुंगाना

काठमाडौं – सशस्त्र प्रहरी बलको हेडक्वाटरमा भएको आगलागी भ्रष्टाचार सम्बन्धी कागजपत्र नष्ट गर्न सशस्त्रको कर्मचारीले गराएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

‘अनुसन्धानमा दुर्घटनाका कारण नभई सशस्त्रको कर्मचारीले मट्टितेल छर्किएर आगो लगाएको देखिएपछि श्रेष्ठलाई पक्राउ गरेका हौं,’ उनले भने‘ नियोजितरुपमै आगो लगाएको देखिएपछि कारवाही प्रकृयाका लागि घटनास्थल रहेको क्षेत्रको प्रहरी कार्यालयमा पठाएका छौं ।’

सशस्त्रमा सामान ढुवानी शिर्षकमा नक्कली विल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकोक्रममा सशस्त्रको ३ सइ र एक हवल्दार निलम्बनमा परेका छन् ।

भ्रष्टाचारमा हवल्दार श्रेष्ठ समेत संलग्न हुनसक्ने देखिएपछि अख्तियारले बोलाएर उनको बयान लिई आवश्यक कागजपत्र मगाएको थियो । कागजपत्र बुझाउँदा आफु भ्रष्टाचारमा तानिने भएपछि उनले प्रमाण नष्ठ गर्न फाइल स्टोरमा लगेर राखी आगो लगाएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives