प्राविधिक शिक्षाको ज्ञान र परामर्श दिन मेला हुने

राष्ट्र न्यूज सम्वाददाता
असार ८, २०७५
DSC00882

पोखरा, ८ असार । पोखरा असार १५ र १६ गते प्राविधिक शिक्षासँग सम्वन्धित ज्ञान र परामर्श दिनका लागि मेला गरिने भएको छ ।

टिभिईटी करिअर फेयर – २०१८ नाम दिइएको सो मेला पोखरा सभागृहमा हुनेछ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखा, सक्षमता परियोजना तथा पोखरा प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा सो मेला हुन लागेको हो ।

पोखरा प्राविधिक शिक्षालयले पोखरामा बिहीवार पत्रकार सम्मेलन गरी मेलाको तयारी शुरु भएको जनाएको छ ।

एकै स्थलबाट प्राविधिक शिक्षाको महत्व र रोजगारीको सम्भावनाका बारेमा सूचना प्रदान गर्ने उदेश्यले आयोजना गर्न लागिएको यो मेला नेपालमा नै पहिलो पटक हुदैछ पोखरा प्राविधिक शिक्षालयका प्रमुख जीवन भण्डारीले भने – ‘यसमा प्राविधिक शिक्षाका बारेमा धेरै कुरा बुझ्ने अवसर प्राप्त हुनेछ।’

मेलाबाट पाँच हजारदेखि १० हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

एसइई पछाडी सिटिइभिटी अन्तर्गत संचालन गरिने प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीहरुलाई भर्ना प्रक्रिया, समय, शुल्क, छात्रवृत्ति, प्राविधिक शिक्षा संचालन गर्ने संस्था लगायतका विषयमा परामर्श दिइने छ।

मेलामा प्राविधिक शिक्षासँग सम्वन्धित २० देखि २५ वटा स्टल रहने छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives