प्रेस युनियन कास्कीद्वारा पुरस्कार संस्थापक केसीको निधनप्रति दुःख व्यक्त

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २०, २०७७
surya buwa

पोखरा, २० कात्तिक । नेपाल प्रेस युनियन कास्कीले पत्रकारिता पुरस्कारका संस्थापक सूर्यबहादुर केसीको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

‘उहाँको निधनले हामी मर्माहत बनेका छौं, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, उहाँको शिक्षा, स्वास्थ्य, सञ्चार र राजनीतिमा पु¥याएको योगदान सदैव स्मरणीय रहने छ।’

विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस् भनि कामना गरिएको छ ।

काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रतिष्ठित व्यवसायी केसीले प्रेस युनियन कास्कीको आग्रहमा सूप्रेम शारदा पत्रकारिता पुरस्कार स्थापना गरेको अध्यक्ष नवीन सिग्देलले बताए ।

तिहार अघि नै पुरस्कार वितरण गर्नका लागि सल्लाहाकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो ।

संस्थापक केसीको निधनप्रति दुःख व्यक्त तथा उहाँप्रति सम्मान व्यक्त गर्दै प्रेस युनियन कास्कीले तिहार अघि सो पुरस्कार वितरण नगर्ने जनाएको छ ।

गतवर्ष ६ लाखको अक्षयकोष स्थापना गरी सञ्चालनमा ल्याइएको सो पुरस्कार यसवर्ष पहिलो पटक वितरण गरिने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives