प्रेस युनियन कास्की प्रशासनमा, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ३०, २०७६
IMG_7598

पोखरा, ३० वैशाख । नेपाल प्रेस युनियन कास्कीले सोमबार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाएको छ ।

अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक र संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको आमसञ्चार विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल प्रेस युनियन कास्कीले ज्ञापनपत्र पठाएको हो ।

प्रेस युुनियनले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत ज्ञापनपत्र पठाएको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्र हस्तान्तरण गर्दै अध्यक्ष सिग्देलले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकका कारण सवै पत्रकार आतंकित भएको बताए ।

प्रमुख जिल्ला अधिकारी बुढाले शान्तिपूर्ण रुपमा आफ्ना असन्तुष्ठि सरकारलाई पठाएर समस्या समाधान खोज्नु प्रशंसनीय भएको बताए ।

नेपाल प्रेस युनियन कास्कीका सल्लाहाकार रवीन्द्र बास्तोलाले स्वतन्त्र प्रेस माथिको अंकुशले नागरिकको आवाजलाई समेत कुण्ठित पार्नेभन्दै ध्यानाकर्षण भएको बताए ।

ज्ञापनपत्रमा लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चिता जस्ता विषयमा नेपालको संविधान २०७२ ले स्पष्ट व्यवस्था गरेको सन्दर्भमा देशकै मुल कानूनसँग बाझिने गरी आउने विधेयक स्वीकार्य नहुने भन्दै चेतावनी दिइएको छ ।

त्यस्तै, ज्ञापनपत्रमा मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकको मस्यौदा सदनमा प्रस्तुत हुनुपूर्व श्रमजीवी पत्रकारहरुबीच छलफल गराई सुझाव संकलन गरी प्राप्त सुझाव बमोजिम परिमार्जन र संशोधन गर्न, विधेयकको कतिपय व्यवस्थाले स्वतन्त्र प्रेसको अस्तित्व नै समाप्त पार्ने नियत राखेको स्पष्ट देखिएकाले तत्काल त्यस्ता व्यवस्था खारेज गर्न माग गरिएको छ ।

जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्न पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्न खोजेको भन्दै त्यस्तो व्यवस्था अन्त्य गर्न माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०८०
    पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा…
  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…

Archives

Archives