फागुन ३ गते बास्केटबल प्रतियोगिता हुने

राष्ट्र न्यूज सम्वाददाता
माघ २९, २०७५
52072579_2293569047553742_4727468505547407360_n

पोखरा, २९ माघ । पोखरामा फागुन ३ गते बी – १३ अन्तर विद्यालय छात्र÷छात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा – १३ स्थित सत्य युवा क्लबले भद्रकाली माविको परिषरमा रहेको बास्केटबल कोर्टमा प्रतियोगिता गर्न लागेको हो । क्लबको सक्रियतामा निर्माण गरिएको बास्केटबल कोर्ट समेत सोही दिन उद्घाटन गरिदैछ ।

प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ १० समूहको सहभागिता रहने अपेक्षा गरिएको छ ।

दुवै तर्फका विजेता समूहलाई नगद १२ हजार, आठ हजार, चार हजार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ठ खेलाडी र सर्वाधिक स्कोररलाई नगद दुई÷दुई हजार प्रदान गरिने छ ।

प्रतियोगिताको तयारी तिव्र पारिएको प्रतियोगिता संयोजक विशाल गुरुङले जानकारी दिए । प्रतियोगिता सफल बनाउन सवैको सहयोग चाहन्छौ, संयोजक गुरुङले भने – ‘खेल क्षेत्रको विकास लागि समेत प्रतियोगिताले टेवा पु¥याउने आशा गरेका छौं।’

Related News

सम्बन्धित समाचार

Archives

Archives