फेरि दुर्घटना, ६ जनाको मृत्यू

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १३, २०७४
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

पोखरा, १३ मंसिर। यात्रुवाहक बस बुधबार बिहान त्रिशुलीमा खस्दा ६ जनाको मृत्यू भएको छ।

काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेका यात्रुवाहक बस धादिङको फिस्लिङमा दुर्घटना भएको हो। बस पूर्ण रुपमा त्रिशुलीमा डुबेको स्थानीयले बताएका छन्।

घटनास्थलबाट १५ जनाको उद्वार गरिएको प्रहरीको भनाई छ। अहिलेपनि उद्वार जारी रहेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा सहयोग गरिरहेका छन्। दुर्घटनाका घाइतेलाई मलेखु र गजुरी अस्पताल लगिएको छ।

मृतकको सनाखत हुन सकेको छैन। बसमा कति सवार थिए भन्ने र दुर्घटनाको कारण खुलेका छैन।

Related News

सम्बन्धित समाचार

Archives

Archives