फेरी सभापतिमा उठ्दिन – केसी

राष्ट्र न्यूज सम्वाददाता
असाेज १८, २०७७
krishana k c

पोखरा, १८ असोज । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको १४ औ महाधिवेशनमा फेरी सभापति बन्नका लागि उम्मेद्वारी नदिने बताएका छन् ।

सभापतिमा दोहो¥याउन खोजिरहेको भन्ने चर्चा चलिरहेका बेला आउँदो महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी नहुने उनले स्पष्ट पारेका छन् ।

१३ औं महाधिवेशनमा नै उनले एकपटक मात्र नेतृत्व गर्ने प्रष्ट पारेपनि १४ औं महाधिवेशन नजिकिदै गर्दा फेरी सभापतिमा उम्मेद्वारी दिने तयारी गरिरहेको भन्ने चर्चा चल्दै आएको छ ।

नेपाल तरुण दल पोखरा १३ इकाइ समितिले नवप्रवेशीहरुका लागि गरेको कार्यक्रममा अबको महाधिवेशनबाट नेतृत्वमा आउँन चाहनेका लागि आफू बाधक नबन्ने उल्लेख गरे ।

उनले कास्की जिल्लालाई गुटउपगुटको राजनीतिबाट मुक्त गर्ने समेत बताए । गुट उपगुटको राजनीतिले क्षमतावान व्यक्तिलाई पछाडि पार्ने भन्दै गुट उपगुटको पक्षमा नउभिने दावी गरे ।

नेतृत्वमा स्थापित हुन चाहनेले हिम्मत गर्नुहोस्, उनले भने यसपटक कास्कीमा न मेरो न अरुको कुनै गुट उपगुट हुने छैन ।

Related News

सम्बन्धित समाचार

Archives

Archives