फेवातालमा डुंगा डुब्यो

राष्ट्र न्यूज सम्वाददाता
जेठ १३, २०७५
1200px-Phewa_lake,_Pokhara

पोखरा, १३ जेठ । हावाहुरीका कारण पोखराको फेवातालमा आइतबार दिउँसो डुंगा डुबेको छ ।

घटनामा एक जना बेपत्ता भएका छन् भने चार जनाको सकुशल उद्वार गरिएको छ ।

घटना लगत्तै पुगेको वडा प्रहरी कार्यालय बैदाम, शशस्त्र प्रहरी गणको रेस्क्यू टोली र नेपाली सेनाको सामुहिक प्रयासमा डुबेकाको उद्वार गरिएको थियो ।

प्लसटुको पढाइ सकेर पोखरा घुम्न आएका पाँच जना साथी फेवातालमा डुंगा सयर गरिरहेको अवस्थामा डुंगा पल्टिएर डुबेको हो ।

घटनामा रामेछाप बेथान घर भएका १८ बर्षिय सुप्रिम लामा बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ । लामाको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

सिन्धुली घर भएका १८ बर्षिय विशाल थापा, काठमाण्डौं सितापाइलाका १७ बर्षिय अनिल रोक्का, भक्तपुर सूर्य्बिनायकका १९ बर्षिय मन्दिप महत र सल्लाघारी भक्तपुरका १७ बर्षिय शुशील कुँवरलाई सकुशल उद्धार गरिएको हो ।    

Related News

सम्बन्धित समाचार

Archives

Archives