फेसबुक चलाए कारवाही

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १०, २०७४
facebook

पोखरा, १० चैत । फेसबुकप्रतिको आकर्षण बढिरहेको छ । धेरैका लागि फेसबुक जीवनको एक महत्वपूर्ण अंश नै बनिसकेको कुरालाई नकार्न सकिने अवस्था छैन । फेसबुक प्रयोगकर्ता २४ सै घण्टा जस्तो फेसबुक प्रयोग गरिरहेका हुन्छन् ।

व्यत्तिगत जीवनका लागि फेसबुक आवश्यक भएपनि कार्यालय समयमा यसको प्रयोगले काममा बाधा पु¥याएको निष्कर्ष सहित जाजरकोटको भेरी नगरपालिकाले कार्यालयले कर्मचारीलाई कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ ।

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले बताइन् ।

कार्यालयले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । नगरपालिकाले गरेको निर्णयलाई अवज्ञा गरी फेसबुक चलाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives