बँदेल आतंक

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २, २०७४
javelina-angry-boar-pig-peccary-fangs-picture-id157482531

महोत्तरी, २ चैत । महोत्तरी जिल्लाको मध्यउत्तरवत्र्ती भेगमा जंगली बँदेलले आतंक मच्चाएको छ ।

बँदेलको आतंक कृषकहरुका लागि टाउको दुुखाईको विषय बनेको छ । बस्ती÷बस्तीमा जंगली बँदेल पसेर दिनहुँ बालीनाली सखाप पारिरहेको छ ।

पछिल्लो पटक फागुन १५ यता बढेको बँदेल आतंकले १० बिघाभन्दा बढीको बाली नोक्सान गरेको सीतापुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अवधलाल साहले जानकारी दिए ।

सर्वसाधारणले बँदेल आतंकको बारेमा जानकारी गराइरहेका छन् प्रनानि साहले भने – ‘दिउँसो लुकेर आराम गर्ने र मध्यरातपछि मात्र आहाराको खोजीमा निस्कने गरेकाले बँदेल फेला परेका छैनन् ।’

जिल्लाको भंगाहा नगरपालिका–४ को वडा नं ५ को धतियाटोल, भूचक्रपुर, कर्पुरगञ्ज र राजपुरसहितका बस्तीमा जंगली बँदेल पसेर उधुम मच्चाउने गरेको छ ।

पछिल्ला १५ दिनदेखि पाँच÷सातको संख्यामा बस्ती पसेका बँदेलले दाना पस्न थालेका मकैका घोगा बोटमै उछिनेर सखाप पारेका भंगाहा–४ रामनगरका किसान गंगाराम महतोले बताए ।

बँदेलले बालीनाली सखाप पार्नुका साथै बिहानीपख दिसापिसाब गर्न निस्कने महिलालाई समेट लखेट्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives