बलात्कारीलाई मृत्युदण्डको सजाय माग

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १३, २०७४
635354-attack

हेटौँडा, १३ चैत । बलात्कारका घटना बढिरहेका बेला सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् ।

मङ्गलबार बसेको प्रदेश नं ३ को प्रदेश सभा बैठकमा बोल्ने सांसदहरूले त्यस्तो माग गरेका हुन्

विशेष समयमा बोल्दै नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठाए ।

नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरिन् । बालिका बलात्कारीलाई सजाय दिएर मात्र पुग्दैन उनले भनिन् – ‘बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।’

राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गराईन्।

माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका थिए ।

बैठक सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो
–––

Related News

सम्बन्धित समाचार

Archives

Archives