बस दुर्घटनामा एकको मृत्यु, ११ जनाको उपचार हुदै

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १४, २०७४
29693055_588708591482428_732100160_o

पोखरा, १४ चैत । पोखराबाट सुनौलीतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका ११ जनाको उपचार भैरहेको छ। ना.५.ख ३४१ नम्बरको बस दुर्घटना हुदाँ लमजुङ धमौती कुवा निवासी ४० वर्षिय सुजन गुरुङको मृत्यु भएको डाँडाकोनाक प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी बसका सहचालक हुन्।

लेखनाथ महानगरपालिका वडा नं ३२ स्थित तल्लो गगनगौडामा बुधबार बिहान दुर्घटना भएको हो । तिव्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको अनुमान गरिएको छ ।

बस सडकदेखि झण्डै २० मिटर तल खसेको थियो । प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्वार गरेको पत्रकार कविराज खनालले बताए ।

घाइते ११ मध्य १० जनाको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक जनाको लेखनाथस्थित सामुदायिक लायन्स अस्पतालमा उपचार भैरहेको छ।

घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives