बाग्लुङको निसिखोलामा बृहत्त स्वास्थ्य शिविर

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ११, २०७४
FB_IMG_15218171073444188

पोखरा, ११ चैत । बाग्लुङको निसिखोला गाउँपालिका वडा नं २ देवीस्थानमा बृहत्त स्वास्थ शिविर गरिएको छ ।

कर्म फ्लाइट फाउण्डेशन नेपाल र नेपाल – इजको सहयोगमा दुई दिनसम्म गरिएको सो शिविरबाट ६ सय ५२ जना लाभान्वित भएका छन् ।

शिविर उद्घाटनगर्दै निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले आफ्नो गाउँमा स्वास्थ्य शिविर गरिदिएको खुशी व्यक्त गरे ।

शिविरमा प्राविधिकतर्फ डा. मोहन बि.क ्र स्वास्थ्य प्राविधिक कृष्ण पाण्डे, लेखनाथ रेग्मी र लालमाया कुँवर लगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

कर्म फ्लाइट फाउण्डेशनका नेशनल डाइरेक्टर प्रेम कुँवरले आगामी दिनमा पनि आफ्नो फाउण्डेशनले विकट ग्रामिण क्षेत्रमा स्वास्थ्य, शिक्षा र खानेपानीमा सहयोग गर्ने प्रतिवद्वता व्यत्त गरे ।

शिविरलाई कर्म फ्लाइट फाउण्डेशन नेपालका अध्यक्ष कुँवर र नेपाल – इजकी अध्यक्ष क्लेरी सिलिले महत्वपूर्ण सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives