बामगठबन्धनले जथाभावि गरे शशक्त प्रतिवाद – सिंह

राष्ट्र न्यूज सम्वाददाता
माघ २१, २०७४
pRAKASH_med

पोखरा, २१ माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बामगठबन्धनले बहुमतको बलमा जथाभावि गरे पार्टीले शशक्त प्रतिवाद गर्ने बताएका छन् ।

जनताले अवसर दिएका छन्, सरकार बनाउनुहोस् बामगठबन्धनतर्फ संकेतगर्दै उनले भने – ‘तर जथाभावि भयो भने काँग्रेसले शशक्त कदम चाल्नेछ।’

नेपाली काँग्रेस कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले विगतका उपलव्धीमा जसरी काँग्रेसको योगदान रह्यो त्यसैगरी विकास र समृद्विका लागि पनि काँग्रस कै नेतृत्व आवश्यक पर्ने जिकिर गरे।

नेता सिंहले काँग्रेस सधै सत्तामा टाँसिरहन चाहन्छ भनेर कम्युनिष्टले गलत प्रचार गरेको उल्लेख गरे। संविधानसभाको निर्वाचनपछि सवैभन्दा बढि समय कम्युनिष्टले नै सरकारको नेतृत्व गरेकोभन्दै उनले भने – ‘गलत कुराको खण्डन गर्न नसक्नु हाम्रो कमजोरी हो।’

उनले पार्टीलाई सुधार गनुपर्ने आवश्यकता भएकाले आफुले पार्टी सुधारको विषयलाई गम्भिर रुपमा उठाएको स्पष्ट पारे ।

Related News

सम्बन्धित समाचार

Archives

Archives