बिग एफएममा ७ वर्षपछि स्टेशन म्यानेजर, युवा पत्रकार रञ्जन अधिकारी निुयक्त

राष्ट्र न्यूज सम्वाददाता
असार ९, २०७५
Ranjan-2-660×330

पोखरा, ९ असार  । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ को स्टेशन म्यानेजरमा युवा पत्रकार रञ्जन अधिकारी नियुक्त भएका छन् । पोखरा ब्रोडकास्टिङ मिडिया प्रालि.ले सात बर्षदेखि रिक्त रहेको सो पदमा अधिकारीलाई नियुक्त गरेको हो ।

स्टेशन म्यानेजरको जिम्मेवारी पाएका अधिकारी विगत १० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । २०७० देखि एफएमकै समाचार विभागमा कार्यरत अधिकारीसँग आदर्श समाज दैनिक, रेडियो अन्नपूर्ण, एभिन्यूज टेलिभिजन, गोलनेपाल डटकम, गण्डकन्युज डटकम लगायतका संघसंस्थामा गरी लामो समय कार्य अनुभव छ । अधिकारी अनलाइन मिडिया र प्रविधिमा पोख्त छन् ।

व्यवस्थापन र मास कम्युनिकेशनका विद्यार्थी अधिकारी नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव, धादिङ पोखरा जर्नालिस्ट सोसाइटीका अध्यक्ष पनि हुन् । उनले पोखरा जेसीज, स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपाल लगायतका सामाजिक संघसंस्थामा मिडिया को–अर्डिनेटरका रुपमा काम गरिसकेका छन् । उनी यातायात पत्रकारिता पुरस्कार २०७३, पोखराकै पहिलो पत्रकार जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत भईसकेका छन् ।

एफएमका अध्यक्ष महेश भण्डारीले युवामाझ लोकिप्रिय रेडियोको नेतृत्व युवालाई नै सुम्पिएको बताए । ‘पाँच वर्षदेखि निकट रहेर कामको मूल्यांकन गरेको छु । एफएमले कुशल नेतृत्व पाएको छ । सानै उमेरमा लामो अनुभव छ’ भण्डारीले भने – ‘झण्डै सात वर्षसम्म विभागीय प्रमुखबाट कार्यसम्पादन भएको अवस्थामा पहिलोपटक स्टेशन म्यानेजर नियुक्त गरेको हुँ । एफएम झनै लोकिप्रय बन्नेमा विश्वस्त छु ।’

स्टेशन म्यानेजर अधिकारीले पोखराकै अग्रणी र स्थापित रेडियोमा यति ठूलो जिम्मेवारी पाउनु ठूलो अवसर भएको बताए । उनले पोखरामा तीन दर्जन रेडियोको भिडमा एफएमलाई अरुलाई भन्दा अगाडि राखिरहन आफूले सक्दो मेहनत गर्ने उल्लेख गरे । ‘रेडियो युवामाझ लोकप्रिय छ । न्युज सँगै इभेन्ट, प्रोग्राम फोकस् गरेर समयानुकुल अघि बढ्नेछु’ – अधिकारीले भने– ‘केहि समयमै श्रोताले फरक महसुस गर्न पाउनेछन् । अनलाइन र सामाजिक सञ्जालमा समेत ध्यान दिइनेछ ।’

हालै रेडियोको ‘प्रोग्राम चिफ’ मा शंकर तिवारी निुयक्त भएका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives