बुद्व विशाल बजारको उपहार योजना नतिजा सार्वजनीक

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ८, २०७५
Bisal bajar photo

पोखरा, ८ मंसिर । पोखराको बुद्व विशाल बजार व्यापारिक एशोसियशनले चाडपर्वलाई लक्षित गरी उपभोत्ताका लागि संचालन गरेको उपहार योजना नतिजा शनिवार सार्वजनीक गरेको छ ।

‘दशैं तिहार उपहार, नगदै नगद बहार’ भन्ने मूल नाराका साथ अघि सारिएको यो उपहार योजना भदौ १६ गते आईतबारदेखि लागु भएको थियो । यो योजनाबाट २० जना उपभोत्ता लाभान्वित भएका छन् ।

यो योजना अन्तर्गत कुपन नम्बर ५५२६० ले पहिलो , कुपन नम्बर ५६८६८ ले दोस्रो र ३५७५७ ले तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।

एशोशियसनले पहिलो पुरस्कार एक लाख, दोस्रो पुरस्कार ७५ हजार, तेस्रो पुरस्कार ५० हजार राखेको छ ।

त्यस्तै, चौथो पुरस्कार स्वरुप दुई जनालाई २५÷२५ हजार, पाँचौ पुरस्कार स्वरुप पाँच जनालाई १०÷१० हजार र छंैटौ पुरस्कार स्वरुप १० जनालाई पाँच÷पाँच हजार व्यवस्था गरेको छ ।

बजारले पाँच सयभन्दा माथिको सामान खरिदमा एक वटा र एक हजार पाँच सय माथिको सामान खरिदमा दुई वटा उपहार कुपन प्रदान गरेकोे थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम राना, एशोसियशनका कानुनी सल्लाहाकार जगन्नाथ ढकाल, मानार्थ सदस्य सुदीप ढकाल र प्रेस सल्लाहाकार नवीन सिग्देल लगायतले उपहार कुपनको नतिजा सार्वजनीक गरेका थिए ।

उपहार योजना सार्वजनीक गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले विश्वास कायम राखेर गरिने सवै काम सफल हुने बताए ।

कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एशोसियशनका कानुनी सल्लाहाकार जगन्नाथ ढकाल, मानार्थ सदस्य सुदीप ढकाल, प्रेस सल्लाहाकार नवीन सिग्देल, निवर्तमान अध्यक्ष प्रदिपकुमार मुल्मी लगायतले बोलेका थिए ।

बुद्व विशाल बजार व्यापारिक एशोसियशनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव शर्माले स्वागत र महासचिव इन्द्रराज अर्यालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives