बुद्व विशाल बजारद्वारा उपभोत्ताका लागि उपहार योजना सार्वजनीक

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १५, २०७५
Budhda Bishal Bazar

पोखरा, १४ भदौ । पोखराको बुद्व विशाल बजार व्यापारिक एशोसियशनले चाडपर्वलाई लक्षित गरी उपभोत्ताका लागि उपहार योजना सार्वजनीक गरेको छ ।

एशोसियशनले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी निःशुल्क उपहार कुपन – २०७५ सार्वजनीक गरेको हो ।

‘दशैं तिहार उपहार, नगदै नगद बहार’ भन्ने मूल नाराका साथ अघि सारिएको यो उपहार योजना भदौ १६ गते आईतबारदेखि लागु हुने छ । यो योजनाबाट २० जना उपभोत्ता लाभान्वित हुनेछ ।

यसका लागि बजारले पाँच सयभन्दा माथिको सामान खरिदमा एक वटा र एक हजार पाँच सय माथिको सामान खरिदमा दुई वटा उपहार कुपन प्रदान गर्ने जनाएको छ । उपहारको नतिजा मंशिर ८ गते बजार प्राङ्गणमा सार्वजनीक गरिने छ ।

एशोशियसनले पहिलो पुरस्कार एक लाख, दोस्रो पुरस्कार ७५ हजार, तेस्रो पुरस्कार ५० हजार राखेको छ । त्यस्तै, चौथो पुरस्कार स्वरुप दुई जनालाई २५÷२५ हजार, पाँचौ पुरस्कार स्वरुप पाँच जनालाई १०÷१० हजार र छैठौ पुरस्कार स्वरुप १० जनालाई पाँच÷पाँच हजार प्रदान गरिने छ ।

अघिल्ला वर्षहरुमा जिन्सि उपहार राख्ने गरिएकोमा यसपटक परिमार्जन गरी नगद पुरस्कारको व्यवस्था गरेका छौं एशोसियशनका अध्यक्ष केशव खत्रीले भने – ‘उपभोत्ताको सुझाव र चाहाना अनुसार नै गरेका हौ।’

उनले यो कार्यक्रम उपभोत्तामुखी भएको उल्लेख गरे । चाडपर्वको अवधिमा मात्रै एक लाख ५० हजार उपभोत्तालाई सेवा प्रदान गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

उपहार कुपन कार्यक्रम संयोजक प्रदिपकुमार मुल्मीले धेरै उपभोत्ता लाभान्वित हुन सक्ने गरी कार्यक्रम ल्याइएको बताए ।

बुद्व बजारभित्र एक सय ६० व्यवसायीक सटरमा व्यवसाय संचालन गरिएको छ । त्यसबजारमा एक अर्व २५ करोड लगानी रहेको छ भने सात सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कार्यक्रममा एशोसियशनका मानार्थ सदस्य सुदीप ढकालले संस्थाको कार्यक्रम सफल बनाउनु सवै व्यवसायीको कर्तव्य भएको उल्लेख गरे ।

बुद्व विशाल बजार व्यापारिक एशोसियशनका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव शर्माले स्वागत र महासचिव ईन्द्रराज अर्यालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives