बुद्व विशाल बजार व्यवसायी एशोसियशनले अध्यक्ष खत्रीलाई पोउबा संघमा सदस्य उठाउने

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २०, २०७५
40760394_335474053856261_4217640086327525376_n

पोखरा, २० भदौ । बुद्व विशाल बजार व्यवसायी एशोसियशनले पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनमा सदस्य पदमा अध्यक्ष केशव खत्रीलाई उठाउने निर्णय गरेको छ ।

एशोसियशनको बैठकले अध्यक्ष खत्रीलाई उठाउने निर्णय गर्दै सवैलाई सहयोग गर्न आग्रह गरेको छ ।

फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष समेत रहेका खत्रीमा नेतृत्व क्षमता भएका कारण सदस्यमा उठाउने निर्णय गरेको एशोसियशनले जनाएको छ ।

उनी बुद्व विशाल बजारभित्र रहेको कुशल फेन्सीका प्रोपाईटर हुन्। लामो समयदेखि व्यवसायमा संलग्न रहेका खत्रीले व्यवसायीको हित नै आफ्नो उदेश्य भएको प्रष्ट पारेका छन् ।

महाधिवेशन असोज ५ र ६ गते हुदैछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives