बुद्व विशाल बजार व्यापारिक एशोसियशनको रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १०, २०७५
safe_image

पोखरा, ९ भदौ । बुद्व विशाल बजार व्यापारिक एशोसियशनले पोखरामा शनिवार रक्तदान कार्यक्रम गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा ६९ जनाले
रक्तदान गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष शंकर बास्तोलाले पहिलो रक्तदाता संस्थाका सल्लाहाकार माधवप्रसाद सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष बास्तोलाले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्व बहन गरिनु प्रशंसनीय भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघकी सदस्य गिता तिवारी गौतमले व्यवसायीबीच एकता आवश्यक भएको औल्याईन् ।

बुद्व विशाल बजार व्यापारिक एशोसियशनका निवर्तमान अध्यक्ष प्रदीपकुमार मुल्मीले व्यवसायीक समस्या समाधान गर्न बुलन्द आवाज उठाउनेलाई पोखरा उद्योग वाणिज्य संघमा चुन्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका सल्लाहाकार माधवप्रसाद सिग्देल, पूर्वअध्यक्ष बलराम गौतम, बुद्व बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्रप्रसाद पोखरेल, साँघुमुख महेन्द्रपुल व्यवसायी एशोसियशनका अध्यक्ष रामेश्वर अधिकारी, र क्त संचार केन्द्र पोखराका प्राविधिक ध्रुवमणि लामिछाने र संस्थाका प्रेस सल्लाहाकार नवीन सिग्देलले बोलेका थिए ।

त्यसअवसरमा ५० औं पटक रक्तदान गर्ने संस्थाका सदस्य धु्रवप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो । उनलाई दोसल्ला सहित सम्मानपत्रबाट सम्मान गरिएको हो ।

बुद्व विशाल बजार व्यापारिक एशोसियशनका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव शर्माले स्वागत र महासचिव ईन्द्रराज अर्यालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives