बृद्वबृद्वालाई कम्मल वितरण

राष्ट्र न्यूज सम्वाददाता
माघ ५, २०७४
pokhara-nepal-senior-woman-at-an-aged-shelter-bbhx2j

पोखरा, ५ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ बाँझापाटनका केशबहादुर बिकले बृद्वाबृद्वालाई कम्मल वितरण गरेका छन्।

कान्छा छोरा बिकले आफ्ना बुबा स्व. दलबहादुर विक र आमा पवित्रमाया विकको स्मृतिमा कम्मल वितरण गरेका हुन्।

उनले पोखरा बृद्वाश्रमका ५५ र वात्सायन बृद्वाश्रमका १८ जनालाई कम्मल वितरण गरेका हुन्। झण्डै ४० हजार मूल्य बराबरको कम्मल वितरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives