ब्राह्मण समूहद्वारा ताल सरसफाई

राष्ट्र न्यूज सम्वाददाता
पौष १६, २०७४
b 1

पोखरा, १६ पुस। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा बेगनासताल सरसफाई गरेको छ।

ताल वरपरको फोहोरले तालमा प्रदुषण बढाएको र सुन्दरतामा समेत असर परेकोभन्दै समूहले सरसफाई गरेको हो।

समूहका पोखरा प्रतिनिधि शिव भण्डारीको नेतृत्वमा सरसफाई गरिएकोे थियो। समूहमा आवद्व पोखराका १५ जना सदस्यले ताल सरसफाई गरेका थिए।

सरसफाईका क्रममा करिब ६ बोरा फोहोर संकलन गरिएको श्रीनिवास आचार्य (शिव) ले जानकारी दिए।

यसअघि पुस ८ गते शनिवार समूहले चिया, पानीपुरी र चटपट बेचेर विद्यार्थी तथा विद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्न अर्थ संकलन गरेको थियो। सो कार्यक्रमबाट संकलित चार हजार रुपैयाबाट छिट्टै विद्यालयमा कार्यक्रम गरी शैक्षिक सामाग्री वितरण गरिनेछ।

एक बर्षअघि कपिलबस्तुका आदित्य अर्यालले शुरु गरेको ब्राह्मण समूहमा हाल एक लाख ८० हजार सदस्य छन्।

फेसबुकका माध्यमबाट संगठित भई आपसी सद्भाव बढाउन र सामाजिक कार्य गर्नका लागि समूह गठन भएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives