‘ब्ल्याक मनी’बाट लोकतन्त्रलाई खतरा : नेता चौधरी

राष्ट्र न्यूज सम्वाददाता
पौष १४, २०७४
surendra chaudhary

रितेश त्रिपाठी

वीरगन्ज – नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले लोकतन्त्रलाई अबको खतरा भनेको ‘ब्ल्याक मनी’ (अबैध पुँजी)बाट भएको टिप्पणी गरेका छन् । काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व पर्सा जिल्ला सभापति समेत रहेका उनी जिल्लाबाट ३ पटक सांसद बनिसकेका छन्।

यसपालीको निर्वाचनमा निर्माण व्यवसायी हरिनारायण रौनियारबाट पराजित भएपछि कुनै पनि प्रतिक्रिया नदिएका चौधरीले शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन नै गरेर बितेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबारे आफ्नो धारणा राखेका हुन्।

नेता चौधरीको प्रमुख आतिथ्यमा रहेका चौधरीले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले राखेको पत्रकार सम्मेलनमा निर्वाचनमा बोल्दै अवैध रकमको प्रवाहको पछिल्लो दृश्यान्तले अब गरिबको छोराछोरी राजनीतिक निष्ठा र लगानीको भरमा मात्र चुनाव लड्ने र जित्ने अवस्था नरहेको टिप्पणी गरे।

‘गरिबका छोरा वा छोरीले अब चुनाव लड्न सक्दैन, जित्न त सक्दै सक्दैन जुन प्रकारले आचार संहिता, निष्पक्ष निर्वाचनको मान्यता र लोकतन्त्रको मर्मलाई धज्जी उडाउँदै पैसाको दुष्प्रयोग भएको देख्रिएको छ यसले के प्रष्ट भएको छ भने लोकतन्त्रलाई अबको खतरा ब्ल्याक मनीबाट हो, अवैध रुपमा आर्जन गरिएको पैसाबाट हो,’ चौधरीले भने, ‘मैले निर्वाचन हारेँ यस कारणले भनिरहेको छैन्, चौतर्फी रुपमा जस्तो प्रवृति देखियो यसपाली त्यसको कुरा गरेको हुँ ।

लोकतन्त्र कसका लागि, ठेकेदार, तस्कर र राजश्वमाराहरूको लागि ?’ जस्तो लोकतन्त्रका लागि नेपालमा यतिका दिनसम्म आन्दोलन र क्रान्तिहरू भए त्यस विपरित अभ्यासहरू देखिएको उनले बताए । चौधरी विश्वभरका समाजवादी नेताहरूको संजाल सोसलिस्ट इन्टनेशनलका सदस्य समेत हुन।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives