भरतपोखरीमा ल्याण्डलाइन टेलिफोन माग

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १२, २०७५
phone

पोखरा, १२ मंसिर । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा ल्याण्डलाइन टेलिफोन सेवा माग गरिएको छ ।

नेपाल टेलिकम पोखरामा गएर माग बारे जानकारी गराउँदा समेत वेवास्ता गरिएको भन्दै मङ्गलबार प्रतिनिधि टोली नै गएर कार्यालयको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रियसभा सदस्य बृन्दादेवी राना मगरको नेतृत्वमा भोजराज आचार्य, कृष्णप्रसाद पौडेल, माधवप्रसाद चापागाई लगायतको १२ सदस्यीय टोली कार्यालय पुगेको थियो ।

टोलीले कार्यालयका निमित्त प्रमुख भुवन रञ्जितलाई भेटेर माग बारे जानकारी गराएको छ । टोलीसँगको भेटमा निमित्त प्रमुख रञ्जितले यसै वर्षभित्र टेलिफोन सेवा बिस्तारका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

भरतपोखरीमा ल्याण्डलाइन टेलिफोन सेवाको माग बारे कार्यालयको ध्यानाकर्षण गराएका छौ, राष्ट्रियसभा सदस्य बृन्दादेवी राना मगरले भने – ‘कार्यालयले पहल गर्ने प्रतिवद्वता जनाएको छ, म पनि आफ्नो ठाउँबाट पहल गर्ने छु।’

यसअघि ६ सयभन्दा बढी भरतपोखरीबासिले हस्ताक्षर सहित ल्याण्डलाइन टेलिफोन सेवा माग गरेका थिए ।

कालिकास्थान, ठुलो ढुङ्गा, चिजकाली, पल्लो पूँडी, जुकेनी, डाडाँगाउँ, देउराली वरपौवा, जामुने लगायतका क्षेत्रमा ल्याण्डलाइन टेलिफोन सेवा विस्तार गर्न माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives