भ्रष्टाचारविरुद्व नागरिक सभा हुने

राष्ट्र न्यूज सम्वाददाता
असार २०, २०७६
photo 1 – Copy

पोखरा,२० असार। पोखरामा भ्रष्टाचार, विकृति र विसंगतिविरुद्व अभियान संचालन गरिने भएको छ ।

नेपालका लागि नेपाली कास्कीले असार २१ गतेदेखि सो अभियान संचालन गर्न लागेको संयोजक नारायणहरि तिवारीले जानकारी दिए ।

‘पोखराका टोल÷बस्तीसम्म अभियान पु¥याउँछौं,’संयोजक तिवारीले भने, ‘यो भ्रष्टाचार, विकृति र विसंगतिविरुद्व सचेत बनाउने अभियान हो ।’

चिप्लेढुङ्गामा हुने सभालाई पूर्व डिआईजी रमेश खरेल, वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने र युवा अभियन्ता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने छन् ।

आयोजकले सभामा सहभागी हुने सबैलाई आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives