मतदाता शिक्षा सामग्री लुटियो

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ३०, २०७४
jumla

जुम्ला,३० कात्तिक।जुम्ला सिंजा गाउँपालिका–२ को रनुखानामा मतदाता शिक्षा सामग्री लुटिएको छ ।

रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामग्री अज्ञात समूहले लुटेको हो ।

मतदाता शिक्षा स्वयंसेवक जयशंकर चौँलागाई र राधा श्रेष्ठले मतदातालाई मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बीच बाटोमा सामग्री लुटिएको उनीहरुले बताएका छन् ।

मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको लागि जिल्लाका प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ ।

निर्वाचन शिक्षा कार्यक्रमको सामग्री लुटिएकोले काम गर्न असहज भइरहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौँलागाईले निर्वाचन शिक्षा सामग्री पठाउन लागिएको जानकारी दिए।

सामग्री लुटिएको घटनालाई मध्यनजर गरेर थप सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले जानकारी दिए । उनका अनुसार बाक्ग्लो प्रहरी परिचालन गरेर मतदातालाई सुरक्षाको अनुभति दिलाउने पहल भइरहेको छ । निर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सुरक्षा सतर्कता बढाइसकिएको छ ।

ढुक्कसँग मतदातालाई निर्वाचनमा सहभागिता हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives