मन्टेसरी दिदीबहिनी क्लबद्वारा सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असार २८, २०७६
sahayog 1

पोखरा, २८ असार । मन्टेसरी दिदी बहिनी क्लब कास्कीले पोखरा–१९, लामाचौरस्थित ओम शुभ शक्ति कल्याण केन्द्रलाई सहयोग गरेको छ ।

क्लबले केन्द्रमा आश्रित ९ जना अनाथ तथा असहाय बालबालिकाका लागि आवश्यक सामग्री सहयोग गरेको हो । क्लबले लत्ताकपडा र खाद्यान्न सामग्री सहयोग गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवं आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल र क्लबकी अध्यक्ष रेखा जिसीले केन्द्रकी अध्यक्ष पुष्पा केसी भण्डारीलाई ति सामग्री हस्तान्तरण गरेका थिए ।

सहयोगका लागि कृष्ण कार्की र मीरा अग्रवालले लत्ताकपडा तथा बिजन अधिकारीले खाद्यान्न सामग्री उपलब्ध गराएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देलले सक्नेले नसक्नेलाई र हुनेले नहुनेलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

केन्द्रकी अध्यक्ष भण्डारीले बिगतमा केन्द्रमा आश्रित रहेका बालबालिका मध्ये केही आत्मनिर्भर बनिसकेको र केही आत्मनिर्भर बन्ने क्रममा रहेको जानकारी दिइन् ।

कार्यक्रममा मारिया मन्टेसरीका संस्थापक निराजन बराल, रेडियो सार्थकका स्टेशन मेनेजर राजेन्द्र खत्री, क्लबकी संस्थापक अध्यक्ष मञ्जु ढकाल लगायतले बोलेका थिए ।

क्लबकी अध्यक्ष रेखा जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष मीना सापकोटा बरालले स्वागत र सचिव लक्ष्मी भण्डारीले संचालन गरेकी थिइन् ।

मन्टेसरी तालिम लिने क्रममा भेटिएका महिलाहरु सामाजिक काम गर्नका लागि भन्दै क्लब स्थापना गरेका थिए । यसअघि क्लबले वृद्वाश्रमलाई सहयोग, छात्रवृत्ति वितरण जस्ता कार्यक्रमहरु गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives