महाभारतको प्रसंग सुनाउदै काँग्रेस नेता भण्डारीले यसो भने

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २९, २०७४
DSC00445

पोखरा, २९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीभित्र सिंहदरबारको लडाइ मात्र भएका कारण पार्टी कमजोर बनेको बताएका छन् ।

पार्टी, कार्यकर्ता, राष्ट्रियता, संस्कृतितर्फ नभई नेताहरु सिंहदरबारको लडाइमा मात्र लागेकाले पार्टी कमजोर भएको उनको भनाइ छ।

रोग सिंहदरबारको लडाइ हो उनले भने – ‘पार्टीभित्रको यो रोग अन्त्य गर्न मुखबाट औषधी खुवाएर हुदैन, इन्जेक्सन नै लगाउनुपर्छ।’

महाभारतमा कृष्ण, अर्जुन र भिष्मपितामहको प्रसंग कोट्याउँदै भिष्मपितामहले अन्तिम समयमा हस्तनापुरबासि सत्ताका लागि मात्र लडेकाले विकास हुन नसेको अनुभव सुुनाएको उल्लेखगर्दै सिंहदरबारको लडाईले पनि काँग्रेस कमजोर बनेको बताए ।

नेपाली काँग्रेस कास्कीले केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्मृतिमा पोखरामा आयोजना गरेको शोकसभामा उनले पार्टीको जिम्मा युवा पुस्तालाई दिनुपर्ने बताए ।

अघिल्लो पुस्ताका नेतालाई कोठामा राखेर मन लागेको खान दिने र डाक्टर उपलव्ध गराएर आराम गराउनुपर्ने उनको भनाइ छ।

नेता भण्डारीले युवा पुस्तासँग नयाँ वीचार र दृष्टिकोणबाट कम्युनिष्टसँग लड्न सक्ने क्षमता भएको बताए । उनले कम्युनिष्ट बहुमतमा आए भनेर आत्तिन नपर्ने उल्लेख गर्दै ओली – प्रचण्डको कुरा लामो समय नमिल्ने दाबी गरे।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले पार्टीभित्र तेरो÷मेरा भन्न छाडेर हाम्रो भन्ने भावना विकास गर्न जरुरी भएको उल्लेख गरे । उनले स्व. खड्काकै नेतृत्वमा आफु विद्यार्थी राजनीतिमा होमिएको स्मरण गरिन् ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले काँग्रेस सुधार्नका लागि सवैले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश नम्बर ४ का सांसद कुमार खड्का, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेता खेमराज पौडेल, सोभियतबहादुर अधिकारी, नेतृ शारदा पौडेल, काँग्रेस क्षेत्र नं ३ का सभापति पोषनाथ शर्मा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका सभापति देवेन्द्रकुमार शेरचनले बोलेका थिए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी पाण्डेले स्वागत र सचिव सुदिपमोहन भट्टराईले संचालन गरेका थिए ।

–––

Related News

सम्बन्धित समाचार

Archives

Archives