महामन्त्री कोइराला पोखरामा

राष्ट्र न्यूज सम्वाददाता
पौष १६, २०७४
koirala

पोखरा, १६ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला पोखरामा रहेका छन्।

ल्होछारको अवसरमा हिजो शनिवार स्याङजामा आयोजित कार्यक्रममा सहभागि भई उनी पोखरा फर्केका हुन्।

महामन्त्री कोइरालाले आज राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनपछि उनी आज दिउँसो राजधानी फर्कने छन्।

कार्यक्रममा सहभागिताका लागि कास्की काँग्रेसले कास्कीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा भातृ संस्थाका पदाधिकारी एवं सदस्यहरुलाई आग्रह गरेको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives