महिलामा ए. एम. डि नामक जटिल किसिमको आँखाको रोग बढ्दै

राष्ट्र न्यूज सम्वाददाता
असार १६, २०७५
Technician examining inner parts of eyes at Manipal Eye Department

पोखरा, १५ असार । महिलामा ए. एम. डि नामक जटिल किसिमको आँखाको रोग बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

कास्की जिल्ला र यसका वरपरका क्षेत्रहरुमा आँखामा लाग्ने रोगहरु सम्बन्धि अध्ययन अनुसन्धान गर्दा महिलाहरुमा सो रोग बढ्दै गएको भेटिएको हो ।

मणिपाल शिक्षण अस्पताल पोखराका प्रा. डा. सचेत प्रभात श्रेष्ठको नेतृत्वमा सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपाल र क्यालिफोर्निया विश्व विद्यालय बक्र्ले अमेरिकाको सयुक्त टोलीले अध्ययन गरेको थियो ।

बृद्ध उमेर समूहका ब्यक्तिहरुमा अन्धोपना ल्याउने एक प्रमुख कारण ए. एम. डि. हो । ए. एम. डि रोगको प्रकोप विकसित मुलुकहरुमा भन्दा विकासोन्मुख देशहरुमा कम भएको यस भन्दा पहिलाको अध्ययनले देखाएको थियो ।

तर हालसालै कास्की जिल्ला र यस जिल्लाका वरपरका क्षेत्रहरुमा गरिएको एक अध्ययनको प्रारम्भिक नतिजाले नेपालमा पनि यस्तो रोग बढ्दै गएको देखिएको छ ।

आँखा रोग बिशेयज्ञ प्रा. डा. श्रेष्ठका अनुसार यो रोगको पहिचान र उपचार समयमै गर्न सकिएमा आँखा अन्धो हुनबाट बचाउन सकिन्छ । ए. एम. डि. रोग आँखाको भित्री भागमा हुने जटिलखालको समस्या भएकाले लामो समयसम्म नियमित विशेष किसिमको जाँच र उपचार गर्नुपर्ने हुन्छ ।

मनिपाल शिक्षण अस्पतालको आँखा विभागमा संचालित अनुसन्धान अन्र्तगत अत्याधुनिक प्रविधिको प्रयोग गरि ए. एम. डि. समस्या भएका महिलाहरुको आँखाको जाँच तथा परामर्श सेवा निःशुल्क भईरहेको छ ।

ए. एम. डि.समस्या भएका बिरामीहरुले आँखाको भित्री भागहरुको विशेष जाँच गर्न अति आबश्यक हुन्छ र यस्ता जाँच गरेर उपचार गर्दा राम्रो हुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives