महिला तथा बाल उत्थान मञ्चको तालिम

राष्ट्र न्यूज सम्वाददाता
जेठ २५, २०७५
DSC00818

पोखरा, २५ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित महिला तथा बाल उत्थान मञ्चले आयोजना गरेकोे सितारा भर्ने (बुटिक) तालिम सम्पन्न भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ को सहयोगमा आयोजित तालिममा ३५ जना महिला सहभागी थिए । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरिएको हो ।

तालिम समापनमा वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले तालिममा लिएका ज्ञान व्यवहारमा उतार्न अनुरोध गरे ।

त्यसअवसरमा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल , प्रशिक्षक पुष्पा घले, जुरे भुमे तप्रे तमु समाजका सदस्य इमान गुरुङ, कामना टोल विकास संस्थाका सचिव तारा भण्डारी, कमलपोखरी आमा समूहकी अध्यक्ष शान्ति सुनार, चिसापानी आमा समुहका अध्यक्ष दिलसुब्बा गुरुङ र ओम शान्ति टोल आमा समूहकी अध्यक्ष पारु हमालले बोलेका थिए ।

महिला तथा बाल उत्थान मञ्चकी अध्यक्ष विष्णु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सृजना केसीले स्वागत र सचिव शारदा शाहीले कार्यक्रम संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives