माघे सक्रान्तिको अघिल्लो दिन दुःखद घटना, पाँचको मृत्यू

राष्ट्र न्यूज सम्वाददाता
पौष ३०, २०७४
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

पोखरा, ३० पुस। माघे संक्रान्तिको अवसरमा वरुण मेला जाने क्रममा संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यू भएको छ।

मृतकमध्य दुई जनाको सनाखत भएको छ भने अन्यको सनाखत भएको छैन। घटनास्थलमा प्रहरी र स्थानीय उद्वारका लागि खटिएका छन्।

खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका – ३, सामाटारमा दुर्घटना भएको हो।

जिप दुर्घटनामा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल र अर्का सुरेश राईको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives