मिडिया कप फुटशल शुरु

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ५, २०७४
futshal photo

पोखरा ५,मंसिर । पोखरा टेलिभिजनको आयोजनामा मंगलबारदेखि प्रथम पोखरा मिडिया कप फुटशल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन दिन समुह ए तर्फ रेडियो बाराही, समाधान दैनिक र फेवा टेलिभिनज विजयी भएका छन् भने समुह बि तर्फ जक्सन डट कम, मेन मिडिया र रेडियो सराङकोट विजयी भएका छन्।

उद्घाटन खेलमा रेडियो बाराहीले रेडियो अन्नपूर्णलाई २–१ गोलले पराजित ग¥यो । रेडियो राइट्सलाई उजुरीको आधारमा पराजित गर्दै समाधान दैनिक, तथा मिडिया टिमलाई पराजित गर्दै फेवा टेलिभिजनले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
समुह बि तर्फको खेलमा रेडियो हेम्जालाई उजुरीकै आधारमा जक्सन डट कमले जित हाँसिल गरेको हो ।

त्यस्तै, मेन मिडियाले रेडियो गोर्खालीलाई तथा सराङकोटले आयोजक पोखरा टिभि को ए टिमलाई पराजित गरेर दोश्रो चरणमा स्थान बनाएका हुन् ।

यसअघि युवा व्यवसायी पोखरा सस्तो पसलका प्रबन्ध निर्देशक युवराज खतिवडा र पश्चिामाञ्चल क्षेत्रीय खेलकुद समितिका अध्यक्ष खगराज पौडेलले रेफ्रि सुसिल केसीलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives