मेलानको वार्षिकोत्सवमा रक्तदान, अधिक रक्तदाता महिला

राष्ट्र न्यूज सम्वाददाता
जेठ २७, २०७५
34777581_1002513469922325_5334743930212712448_n

पोखरा, २७ जेठ । मेडिकल ल्यावोरेटरी एशोसियशन अफ नेपाल (मेलान)को १३ औ स्थापना दिवसको अवसरमा पोखरामा शनिवार रक्तदान गरिएको छ ।

मेलान चार नम्बर प्रदेशले पोखराको महेन्द्रपुलमा आयोजना गरेको कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्नेमा महिलाको संख्यामा अधिक रहेको थियो ।

रक्तदान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले सामाजिक कार्यबाट मानवीय जीवनमा सन्तुष्ठि मिल्ने बताइन् ।

उनले आउँदो दशै तिहारसम्ममा प्रदेश नम्बर चारलाई फूलमा आत्मनिर्भर बनाउने र कृषकलाई उत्साहित बनाउने उल्लेख गरिन् । उनले मेलानका समस्याहरु समाधान गर्न सहयोग गर्ने बताइन् ।

कार्यक्रममा मेलानका केन्द्रीय सल्लाहाकार राजेन्द्र रानाभाट, केन्द्रीय सदस्य रवीन्द्र बस्ताकोटी, औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष रामबहादुर केसी, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा – १२ का सभापति सूर्य आचार्य, मार्गदर्शन एकेडेमीका संचालक पुरन श्रेष्ठ, रिजनल कलेज अफ हेल्थ साइन्स टोक्नोलोजिका निर्देशक चन्द्रकान्त पौडेल, नेपाल स्वास्थ्य प्राविधिक संघ कास्कीका अध्यक्ष बसन्तराज भट्टराई र रक्तदाता दिपेन्द्रमान शाक्यले बोलेका थिए । कार्यक्रमलाई मार्गदर्शन एकेडेमीले सहयोग पु¥याएको थियो ।

मेलान चार नम्बर प्रदेशका अध्यक्ष सूर्य पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक अर्जुन ज्ञवालीले स्वागत र सचिव नारायणबाबु अर्यालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives