‘मैले लोग्ने मार्न खोजेको हुँ तर निर्दोष व्यक्ति मारिए’

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २८, २०७४
a222961291e1e9c4f47bd0d9a9a2388c–map-of-pakistan-kalash-people

भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

एक पाकिस्तानी वरिष्ठ प्रहरी अधिकारीले बुधबार बताएअनुसार पाकिस्तानको एक दुर्गम गाउँमा सो घटना भएको हो । २१ वर्षीया आरोपी आसिया बिबीसँग सो घटनाबारे दुई हप्तासम्म सोधपुछ गर्न न्यायाधीशले प्रहरीलाई अधिकार दिएको जिल्ला प्रहरी प्रमुख सोहिल हबिब ताजकले बताए ।

ताजकले भनेबिबी आफैंले लोग्ने मार्ने योजना बनाइन् या आफ्नो केटा साथीको उक्साहटमा त्यसो गरिन् भन्नेबारे निचोडमा पुग्न प्रहरीले बिबीसँग सोधपुछ गर्नेछ ।’प्रारम्भमा जटिल लागेको यो घटना गत हप्ता भएको हो र हाम्रा प्रहरी अधिकारीले घटनामा संलग्न भएको आशंकामा बिबीका केटा साथीलाई समेत समातेको छ ताजकले एपीला ताजकका अनुसार बिबीको सेप्टेम्बरमा उनको इच्छाविपरीत अलिपुर नगरनजिकको गाउँमा विवाह गरिएको थियो।

अलिपुर पूर्वी पन्जाव प्रान्तमा पर्ने मुल्तानबाट सय किलोमिटर दूरीमा पर्छ । उनले भने, ‘बिबी बिहेबाट खुसी थिइनन् र आफ्ना बाआमाको घर फर्कन चाहन्थिन् ।

ताजकका अनुसार गत हप्ता युवतीले विषालु तत्व आफ्नो केटासाथी साहिद लसारीबाट प्राप्त गरिन् र लोग्नेका लागि भनेर छुट्ट्याइएको दूधमा मिसाइन् । तर, लोग्नेले सो दूध नखाएपछि बिबीकी सासूले विषाक्त दूध परम्परागत दहीजन्य पदार्थ बनाउन प्रयोग गरिन् ।

सो पदार्थ २७ सदस्यीय सो परिवारमा बाँडियो र त्यसको सेवनबाट परिवारका सबै बेहोस भए र अस्पताल लगियो, जसमध्ये १७ जनाको मृत्यु भयो ।दूधजन्य पदार्थमा मिसाइएको विष् खान पुग्दा एकै परिवारको १७ जनाको मृत्यु ।

मंगलबार बिबी र लसारीलाई मुजफ्फरगढ सहरको न्यायालयमा पेस गरियो । त्यहाँ बिबीले आफ्नो इच्छाविपरीत बिहे गराइएकोमा आफूलाई रिस उठेको बताइन् । बिबी र लसारीको पक्षमा वकालत गर्ने वकिल छैनन् । मेरो इस्लाम धर्मले समेत आफूले इच्छा लागेको वर खोज्न छुट दिने भएकाले बारम्बार मेरा बाआमालाई इच्छाविपरीत बिहे नगरिदिन भनें ।

मंगलबार बिबी र लसारीलाई मुजफ्फरगढ सहरको न्यायालयमा पेस गरियो । त्यहाँ बिबीले आफ्नो इच्छाविपरीत बिहे गराइएकोमा आफूलाई रिस उठेको बताइन् । बिबी र लसारीको पक्षमा वकालत गर्ने वकिल छैनन् । मेरो इस्लाम धर्मले समेत आफूले इच्छा लागेको वर खोज्न छुट दिने भएकाले बारम्बार मेरा बाआमालाई इच्छाविपरीत बिहे नगरिदिन भनें ।

मेरा सबै अनुरोधलाई उनीहरूले अस्वीकार गरे र मेरा आफन्तसँग बिहे गर्न बाध्य पारेउनले भनिन् । बिबीले बिहेपछि पनि आफ्नो केटासाथीसँग नियमित प्रेम सम्बन्धमा रहेको बताइन् । बिबीले भनिन्, ‘मैले बिहे अस्वीकार गर्नेबारे जस्तोसुकै निर्णय लिन सक्ने भन्दै आफ्ना बाआमालाई सचेत गराएको थिएँ तर उनीहरूले सम्बन्ध-विच्छेद गराउनसमेत दिएनन् ।

उनले घटनाबारे दुःख व्यक्त गर्दै भनि लसारीले विष दिए । मैले लोग्ने मार्न खोजेको हुँ तर निर्दोष व्यक्ति मारिए ।’

ताजकले घटनाबारे जानकारी भएका सबैलाई पक्राउ गर्नमा प्रहरी लागेको बताए । मुल्तान सहरमा कार्यरत पाकिस्तानी वरिष्ठ अधिकारकर्मी फैसल चिङवानीले जबर्जस्ती गराइएको बिहेका कारण बिबी मानसिक तनावमा रहेका कारण हत्याको योजना बनाएको बताए । पाकिस्तानमा धेरै अभिभावकले आफ्ना छोरीको इच्छाविरुद्ध बिहे गराइदिने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives