पोखरा, १२ माघ। सरकारले द्वन्द्वकालमा तत्कालिन विद्रोही समुहवाट कास्कीमा मारिएका ८ जनालाई सहिद घोषणा गरेको छ ।
साथै २०१८ सालमा मारिएका हरिप्रसाद गुरुङलाई समेत गरि कास्कीका ९ जनालाई सहिद घोषणा गरेको हो ।
बिहीबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाको प्रस्तावमा उनीहरुलाई सहिद घोषणा गरिएको हो।
कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा न ४ ( साबिक सल्यान गाबिस ) का कृष्णबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा न १० ( साबिक घान्दुक गाबिस ) का ईश्वर गुरुङ, माच्छापुछ्रे गाउँपालिका वडा १ ( साबिक माच्छापुच्छ्रे गाबिस ) का टेक बहादुर गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा न २६ ( साबिक लेखनाथ ५ ) का चन्द्र बहादुर रानाभाट, मादी गाउँपालिका वडा १२ ( साबिक हंसपुर गाबिस ) का पशुुपती रानाभाट, माच्छापुच्छ्रे गाउँपालिका वडा १ ( साबिक माच्छापुछ्रे गाबिस ) का पुर्ण बहादुर भुजेल र पोखरा लेखनाथ महानगरपालिका वडा न ९ का गणेशमान पालिखेलाई सरकारले सहिद घोषणा गरेको हो।
उनीहरु सशस्त्र द्वन्द्वकालमा तत्कालिन विद्रोही समुहवाट मारिएका हुन् भने माच्छापुछ्रे गाउँपालिका वडा न ८ ( साबिक ल्वाङ घलेल गाबिस ) का हरिप्रसाद गुरुङलाई बिस २०१८ सालमा नै मारिएको थियो ।उनलाई पञ्चायत कालमा मारिएको थियो।
गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गर्ने
वैशाख ७, २०८१पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वैशाख ३, २०८१वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
चैत्र २६, २०८०१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा
चैत्र २४, २०८०पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वैशाख ३, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गर्ने
वैशाख ७, २०८१
Related News
सम्बन्धित समाचार
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
जुवा खेलिरहेका सात जना पक्राउ
Archives
Archives